रवि लामिछानेले मागे नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रवि लामिछानेले मागे नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै छिमेकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘छिमेकी राष्ट्रका प्रधानमन्त्री हाम्रो भू–भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री आउँदा न सरकारको कुनै स्वागत गरेको छ । न देशलाई जानकारी गराएको छ । यत्रो ठूलो भ्रमण । कुटी, गुन्जी चुच्चे नक्साभित्रै पर्छ । यसको आधिकारिकताका लागि हामीले त्यहाँ प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दा हामीले थाहा पायौँ हामी जान पाउँदैनौँ भन्नुभयो ।

सरकार र परराष्ट्रमन्त्रीलाई सोध्न चाहन्छु छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले सदन र जनतालाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिका आउँदा सरकारले स्वागत गर्नुपर्दैन ? त्यसको औपचारिकता हुँदैन । त्यसबारे सरकारले जानकारी गराउनुपर्‍यो ।’

Tags :
प्रतिक्रिया दिनुहोस