कर्मचारीद्वारा अत्यावश्यक बाहेक सबै सेवा बन्द « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कर्मचारीद्वारा अत्यावश्यक बाहेक सबै सेवा बन्द


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सिमकोट कर्मचारीले ‘पेनडाउन’ गरेपछि छ दिनयता सिमकोट गाउँपालिकाका सेवा प्रभावित भएको छ। अत्यावश्यक काम बाहेक अन्य काम रोकेर कर्मचारीले ‘पेनडाउन’ गरी विरोध जनाउँदा काममा बाधा पुगेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिए।

शुक्रवारदेखि कामकाज ठप्प पारेर गाउँपालिकाका कर्मचारी आन्दोलनमा छन् ।

हाललाई अत्यावश्यक काम बाहेक अन्य कुनै पनि काम नगरिएको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए ।

यो विरोध कार्यक्रम अनिश्चितकालीन रहने र माग सुनुवाइ नभए सबै प्रकारका कामहरू रोक्ने समेत कर्मचारीहरूले चेतावनी दिएका छन् ।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीहरूलाई समेत समेटिनुपर्ने, विना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमान योग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने माग कर्मचारीले राखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस