नेपालले इरानलाई दियो ३ सय ५४ रनको लक्ष्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालले इरानलाई दियो ३ सय ५४ रनको लक्ष्य


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई जितका लागि ३ सय ५४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा अलआउट भयो । नेपालका कप्तान देव खनालले शतक बनाए ।

देव नेपालबाट १९ वर्षमुनिको क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । दीपकप्रसाद डुम्रेले ६९ तथा दीपक बोहोराले ६५ रन जोडे । इरानका सलमान नियाजमन्द र दद्राहमन रइसीले समान तीन/तीन विकेट लिए । इरानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

मलेसियामा आजदेखि शुरु भएको प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् ।

भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् । समूह ‘ए’ मा–नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा– यूएई, ओमान, कतार र चीन रहेका छन् । समूह ‘सी’ मा–सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा–हङकङ, मलेसिया जापान र इन्डोनेसिया रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस