स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ


२५ आश्विन २०८०, बिहिबार


पक्राउ

विराटनगर । सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ । मादक पदार्थ सेवन गरेका युवकहरूले अस्पतालका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खाँदवारी नगरपालिका–१ का २८ को विक्रम विश्वकर्मा, २८ वर्षीय आशीष विश्वकर्मा र खाँदबारी–९ का २२ वर्षीय अनिल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मादक पदार्थ सेवन गरेर उनीहरूले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका थिए ।

काममा खटिएका अस्पतालका स्वास्थ्यकर्मीलाई ती युवकले गालीगलौज गर्दै दुर्व्यवहार गरेको जनाइएको छ ।

पक्राउ परेकाहरूलाई अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस