एसीसी यू-१९ प्रिमियर कपमा नेपालले आज इरानसँग खेल्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले आज इरानसँग खेल्दै


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज इरानसँग खेलिरहेको छ ।

मलेसियामा आजदेखि सुरु हुने एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा समूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा सुरु भएको हो ।

आगामी डिसेम्बरमा हुने यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपालले समूह चरणमा इरानसँगै बहराइन र साउदी अरेबियासँग खेल्नेछ ।

एसीसी यू-१९ प्रिमियर कपमा १६ टोली सहभागी रहेका छन् । शीर्ष तीन टोली मात्र यू-१९ एसिया कपमा छनोट हुनेछन् ।

नेपालले दोस्रो खेल बहराइनसँग १५ अक्टोबर र तेस्रो खेल साउदीसँग १९ अक्टोबरमा खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस