नेपाल एयरलाइन्सको जहाज आज इजरायल नजाने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपाल एयरलाइन्सको जहाज आज इजरायल नजाने


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । इजरायलको युद्धमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि उड्न लागेको जहाजको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

यससँगै नेपाल वायु सेवा निगमको वाइडबडी ए३३० जहाज इजरायलका लागि बिहीबार नेपाली समयअनुसार बिहान २ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने मन्त्रालयले जानकारी दिएको छ । जहाज दुबई हुँदै इजरायल पुग्नेछ र त्यहाँ समस्यामा परेका नेपालीलाई लिएर फर्कनेछ ।

यसअघि दुबई ट्रान्जिट बनाएर बुधबार राति ११ बजे उद्धार उडान भर्ने दिउँसो निर्णय भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस