अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान कमजोर भयो : राजेन्द्र पाण्डे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान कमजोर भयो : राजेन्द्र पाण्डे


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धान कमजोर भएको बताएका छन्।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपाध्यक्ष पाण्डेले कतिपय ऐन बनाउने सवालमा आयोगलाई दिइएको अधिकार दुरुपयोग भएको बताए।

उनले स्थानीय तहमा सहभागी भएका राजनीतिक दलले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य निभाउन आवश्यक रहेको बताए। उनले फाइललाई वर्षौँसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ कि छैन रु भन्दै प्रश्नसमेत गरे।

उनले आयोगले कमजोरी गरेको बखतमा बाहेक न्याय दिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए।

सांसद पाण्डेले अख्तियारमा क्षमता वृद्धि हुन जरुरी रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस