विश्वकप क्रिकेटमा अफगानिस्तानले भारतलाई २७२ रन लक्ष्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विश्वकप क्रिकेटमा अफगानिस्तानले भारतलाई २७२ रन लक्ष्य


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारतविरुद्ध अफगानिस्तानले २७२ रन बनाएको छ। भारतको अरुण जेट्ली स्टेडियम दिल्लीमा भइरहेको यो खेलमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन बनाएको हो।

अफगानिस्तानका लागि सबै भन्दा बढी कप्तान हशमतउल्लाह शहीदीले ८० रन बनाए । त्यसैगरी अज़मतउल्लाह ओमरज़ाईले ६२ रन बनाए । त्यसैगरी इब्राहिम ज़दरानले २२ , रहमानउल्लाह गुरबाज़ले २१, मोहम्मद नबीले १९, रहमत शाह र राशिद खानले १६-१६ रन बनाए ।

भारतका लागि जसप्रीत बुमराहले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए। त्यसैगरी हार्दिक पंड्याले २ विकेट तथा शार्दूल ठाकुर र कुलदिप यादवले एक एक विकेट हात पारे।

भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस