अर्जुन जङ्ग थापा सचिवमा बढुवा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अर्जुन जङ्ग थापा सचिवमा बढुवा 


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । सरकारले सहसचिव अर्जुन जङ्ग थापालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव थापालाई विशिष्ट श्रेणी(सचिव)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्यूरोलाई जानकारी दिए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवत्रय विश्वबाबु पुडासैनी, अर्जुनजंग बहादुर थापा र सरिता दवाडीको नाम सिफारिस गरेको थियो । 

बढुवा सिफारिस समितिले दुई नम्बरमा सिफारिस गरेका थापालाई सरकारले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । थापा कार्तिक पहिलो साता अनिवार्य अवकाशमा घर जाँदै छन् । पछिको नियुक्ति र पेन्सनका लागि फुली थपिएको स्रोत बताउँछ । 

शहरी विकास मन्त्रालयका सचिव रवीन्द्र रेग्मी अनिवार्य अवकाश गएसँगै एक सचिव पद रिक्त भएको थियो । 

सम्बन्धित समाचार : सचिव श्रेष्ठले पाए अवकाश 

सचिवको सरुवा भने आज नभएको बुझिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस