जनकपुरमा एमाले मधेश प्रदेश अधिवेशनको तयारी पुरा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनकपुरमा एमाले मधेश प्रदेश अधिवेशनको तयारी पुरा


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ। नेकपा एमाले मधेश प्रदेश अधिवेशन तामझामका साथ हुन लागेको छ । आजबाट हुने अधिवेशन उद्घाटन सत्रका लागि आकर्षक मञ्च बनाइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा सात हजार नेता कार्यकर्ता र‌ अधिवेशन प्रतिनिधि बस्ने कुर्सीको व्यवस्था मिलाएको छ ।

पुराना कम्युनिस्ट नेताहरू स्वर्गीय मदन भण्डारी, मनमोहन अधिकारी, चे गेभारा, जोसेफ स्टालिन, लेलिन लगायतको संक्षिप्त बायोग्राफी राखेर उद्घाटन सत्र स्थलमा राखेपछि आकर्षक देखिएको छ । जनकपुरको विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ ।

अधिवेशनमा करिब एक हजार प्रतिनिधि सहभागी हुने छन् । उनीहरूबाट २ हजार रुपैयाँका दरले अधिवेशन शुल्क आयोजकले उठाउनेछ । शुल्क बैंकमा जम्मा गरेको भोचरको आधारमा प्रतिनिधि पास पाउने व्यवस्था छ ।

अधिवेशनमा सहभागी हुने नेताहरू तथा प्रतिनिधिहरूका लागि खाने र बस्ने व्यवस्था मिलाइएको छ । उनीहरूका लागि जनकपुरका २२ होटेल बुक छन् । खाना अधिवेशन स्थलमा खुवाउने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस