यस्ता छन् बागमती प्रदेश सरकारका निर्णयहरू « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णयहरू


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ। बागमती प्रदेश सरकारको आज बसेको बैठकले चारवटा निर्णय गरेको छ । सरकारले बागमती प्रदेशमा खरको छाना मुक्त गर्ने कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री तथा सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले बताए ।

आजको मन्त्रिपरिषद्को बैठकले चेपाङ वनकरिया माझी बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम (मकवानपुर, चितवन र धादिङ) जिल्लामा लागू हुनेगरी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए ।

बैठकले बागमती प्रदेश सभाको बर्षे अधिवेशन आज असोज २३ गते राति १२ बजेदेखि अन्त्य गर्नको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने र प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस