सशस्त्र प्रहरीद्वारा चाडपर्व लक्षित १ सय २२ हेल्प डेस्क र ३३ हेल्थ डेस्क स्थापना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सशस्त्र प्रहरीद्वारा चाडपर्व लक्षित १ सय २२ हेल्प डेस्क र ३३ हेल्थ डेस्क स्थापना


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ । भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको छ ।

दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवागमनको व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्‍याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको हो ।

चाडपर्व लक्षित सहायता कक्ष नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत २५, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत ५३, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत २, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत २, नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत १९, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत १ र नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा राखिएको छ ।

स्वास्थ्य कक्ष नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत ४, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत २२, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत ३, नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत ३, र नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत १ स्थानमा राखिएको छ ।

आवश्यक देखिए अन्य स्थानहरूमा समेत सहायता कक्ष र स्वास्थ्य सेवा कक्षहरू स्थापना गरी सेवा प्रदान गरिने छ । चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको छ भने सीमा नाकाबाट आवतजावत गर्ने क्रममा कुनैपनि नागरिकमा स्वास्थ्य समस्या देखिएमा हेल्थ डेस्कमा उपलब्ध स्रोतसाधनको प्रयोग गरी स्वास्थयकर्मीहरुद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस