भोली ठुलो सङ्ख्यामा सहसचिव र उपसचिवको विज्ञापन खुल्दै, कुन सेवामा कति ?  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भोली ठुलो सङ्ख्यामा सहसचिव र उपसचिवको विज्ञापन खुल्दै, कुन सेवामा कति ? 


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । बुधवार(भोली) सहसचिव र उपसचिवको विज्ञापन हुँदैछ । लोक सेवा आयोगले नियमित कार्य तालिका अनुसार असोजको अन्तिम बुधवार सहसचिव र उपसचिवको विज्ञापन गर्न लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग सख्या लोक सेवा आयोगमा पठाई सकेको छ ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सबै सेवा समूहका गरी ८६ जना सहसचिव र २५५ को हाराहारीमा उपसचिवको विज्ञापन गर्न लागेको छ । प्राप्त विवरण अनुसार सबैभन्दा धेरै नेपाल प्रशासन सेवातर्फ सहसचिव ४२ र उपसचिव १४३ जनाको विज्ञापन हुँदैछ । 

यसै गरी नेपाल इन्जिनियरिङतर्फ सहसचिव २१ जना र उपसचिव ३६ जना, नेपाल वन तर्फ सहसचिव ४ र उपसचिव ६, नेपाल आर्थिक योजना तथा तथ्याङ्क तर्फ सहसचिव १ र उपसचिव १० जना र नेपाल कृषि सेवा तर्फ सहसचिव ६ र उपसचिव २२ जनाका लागि दरखास्त आव्हान हुँदैछ । 

त्यस्तै नेपाल शिक्षा सेवातर्फ सहसचिव २ जना र उपसचिव १६ जना, नेपाल परराष्ट्र सेवामा सहसचिव र उपसचिव चार/चार जना, नेपाल लेखा परीक्षण तर्फ सहसचिव पाँच र उपसचिव १२ जना र नेपाल विविध सेवातर्फ उपसचिवमा ६ जनाका लागि विज्ञापन हुन लागेको प्रशासन सिंहदरवार खास स्रोतले जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस