नयाँ शहरले माग्यो करारमा कर्मचारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नयाँ शहरले माग्यो करारमा कर्मचारी


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नयाँ शहर आयोजना समन्वय कार्यालयले इन्जिनियरदेखि अधिकृतसम्म करारका लागि विज्ञापन गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै इन्जिनियर र नापी अधिकृतका लागि दरखास्त मागेको हो । 

सूचना अनुसार इन्जिनियरिङ आर्किटेक्ट-प्लानर ३ जना, इन्जिनियर सिभिल स्टक्चर १ जना, नापी अधिकृत इन्जिनियरिङ –सर्भे एक र समाजशास्त्री एक गरी पाँच जनाका लागि निवेदन माग गरेको । 

कर्मचारी नियुक्तिमा सबैजसो विवादित रहने शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागमा यस पटक करार कर्मचारी नियुक्तिमा भने लोक सेवा आयोगबाट आर्किटेक्ट प्लानर पद सहितका अन्य सेवा/समूहमा वैकल्पिक सूचिमा रहेका वा अस्थायी योग्यता क्रम सूचिमा रहेका उम्मेदवार वा मान्यताप्राप्त विश्वविद्यालयमा सर्वोत्कृष्ट विद्यार्थीबाट दरखास्त मागेको छ । 

पन्धौं योजनामा रूपान्तरणकारी योजनाको रूपमा रहेको नयाँ शहर आयोजनामा दक्ष जनशक्ति र पर्याप्त श्रोतको व्यवस्था नहुँदा विक्रम सम्वत २०९० मा सम्पन्न गरी सक्नुपर्ने योजनाले हालसम्म पनि गति लिन नसकेकोले सधैँ आलोचित हुँदै आएको छ । 

जग्गा विकास सम्बन्धी महत्त्वपूर्ण कार्य गर्नुपर्ने उक्त आयोजना सो सम्बन्धी ज्ञान भएका दक्ष जनशक्ति नहुँदा सबैजसो परामर्शदाताको चङ्गुलमा फस्दै आइरहेको थियो । 

सो समस्यालाई समाधान गर्न भन्दै यसअघि पनि नयाँ शहर आयोजना समन्वय कार्यालयले दश वटा नयाँ शहरमा १० जना विज्ञ आर्किटेक्ट–शहरी योजनाकारको पनि विज्ञापन गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस