यु-१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यु-१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने एसीसी यु-१९ प्रिमियर कप खेल्न जाने यु-१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिदाइ गरेको छ।

सोमबार काठमाडौँमा एक कार्यक्रमबीच खेलाडीहरूको बिदाइ गरिएको हो। क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्का र सदस्य दिवाकर घले, सुदिप शर्मालगायतले बिदाइ गरेका थिए।

बिदाइ कार्यक्रममा बोल्दै यु-१९ टिमका कप्तान देव खनालले अभ्यास राम्रो रहेको र आफूहरूको उद्देश्य ट्रफी ल्याउने रहेको बताए। उनले फास्ट बलिङ र ब्याटिङ राम्रो रहेको बताए।

कार्यक्रममा बोल्दै नेपाली यु-१९ राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले सबै किसिमले तयार रहेको र एसिया कपको क्वालिफायर हुने र ट्रफी ल्याउने लक्ष्य रहेको बताए। उनले ट्रफीका लागि खेलाडीहरू भोका रहेको बताए।

त्यस्तै, क्यानका सचिव पारस खड्काले यु-१९ क्रिकेट नेपाल क्रिकेटको सबैभन्दा ठूलो पर्फमेन्स गरेर राष्ट्रिय टिममा पर्ने प्लेटफर्म भएको बताए।

समूह ‘ए’ मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान, समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन्। यसैगरी समूह ‘सी’मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्स, समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन्।

१६ एसोसिएट टोली सहभागी प्रतियोगिताका शीर्ष ३ टोली एसिसी यु-१९ एसिया कपका लागि छनोट हुनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस