२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल घटनापछि नेपालमा प्रहरीले बढायो सतर्कता

अ+ अ-

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएपछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीले समीक्षा गरेको छ ।

निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आङ्कलनसहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको छ।

विगतमा यस्ता घटनालगत्तै विरोध प्रदर्शन, आन्दोलन भएको समेत स्मरण गर्दै निमित्त प्रहरी प्रमुख एआईजी टेकप्रसाद राईले सात वटै प्रदेशका प्रहरी प्रमुखलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, राईले सम्भावित सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाएर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन् ।

इजरायल घटनापछि विगतमा जस्तो विरोध प्रदर्शन, तोडफोड, मुस्लिम समुदायमाथि आक्रमण, घुम्न आएका इजरायलीमाथि आक्रमण जस्ता गतिविधि हुनसक्ने प्रहरीको विश्लेषण छ । त्यस्ता गतिविधिलाई निस्तेज पार्न प्रहरी नेतृत्वले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट सोमबार भिडियो कन्फरेन्स गर्दै उनले सातै प्रदेश प्रहरी प्रमुखलाई शान्ति सुरक्षा सहज बनाउन अन्य सरोकारवाला निकायसँग पनि समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिए ।

सोही अवसरमा निमित्त प्रहरी प्रमुख राईले नजिकिँदै गरेको चाडपर्वमा हुनसक्ने कालोबजारी र तस्करी नियन्त्रणका लागि पनि सक्रियता देखाउन निर्देशन दिए । उनले दसैँमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि पनि अझ बढी सक्रियता देखाउन निर्देशन दिए ।

त्यसअवसरमा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिले आ(आफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, विशेष सुरक्षा योजना तथा कार्यान्वयन र भइरहेका गतिविधिबारे जानकारी गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस