क्रिकेट विश्वकप : न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई दियो ३२३ रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्रिकेट विश्वकप : न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई दियो ३२३ रनको लक्ष्य


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ३ सय २३ रनको लक्ष्य दिएको छ ।

हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनायो । न्युजिल्यान्डका विल योङले सर्वाधिक ७० रन बनाए । यस्तै कप्तान टम लाथमले ५३, रचिन रवीन्द्रले ५१ र ड्यारी मिचेलले ४८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पउल भान मीकेरेन र रोल्फ भान डेर मेरवेले २/२ विकेट लिए ।

न्युजिल्यान्ड १ खेलमा २ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने नेदरल्यान्ड्स उति नै खेलमा अङ्कविहीन हुँदै आठौँ स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा इङ्गल्यान्डलाई हराउँदा नेदरल्यान्ड्स पाकिस्तानसँग पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस