लुम्बिनीका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

लुम्बिनीका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना


२२ आश्विन २०८०, सोमबार


दाङ। लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ।

तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकीय सचिव शम्भु गौतमले जानकारी दिए । कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किदै थिए।

एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट झाडीमा पुगेर दुर्घटनामा परेको हो। सामान्य चोटपटक लागेको गौमतले बताए । गाडीमा ५ जना सवार थिए । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस