हामी अरू पार्टीभन्दा फरक हौँ, एउटै भन्नु गलत : माधव नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हामी अरू पार्टीभन्दा फरक हौँ, एउटै भन्नु गलत : माधव नेपाल


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले अहिले बढेको विकृतिको अन्त्य गर्न समाजवादी जागरण अभियान सुरु गरिएको बताएका छन् ।

बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले सबै पार्टी एउटै हुन् भन्ने भाष्य खडा गर्न खोजिएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘यहाँ हरेक क्षेत्र बिग्रेको छ । संसदीय फाँटमा पनि उस्तै छ । राज्य शक्तिमा शक्ति केन्द्रित हुँदा विकृति बढ्छ । समाजमा रहेका हरेक प्रकारका विसङ्गतिको अन्त्य गर्नु जिम्मेवार पार्टीको कर्तव्य हो । जसको सुरुवात हामीले गरेका छौँ। हाम्रो पार्टीले अगुवाइ गरेको छ । सबै उही र उस्तै हुन् भन्ने भाष्य गलत छ। सही होइन । राजनीतिमा हामी पनि छौँ। हामी अरूभन्दा फरक हौँ ।’

आफूहरूले विगतमा पनि राम्रो गरेको उल्लेख गर्दै वर्तमानमा पनि त्यसैलाई निरन्तरता दिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस