परराष्ट्र मन्त्रालयले तोक्यो इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न सम्पर्क व्यक्ति « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

परराष्ट्र मन्त्रालयले तोक्यो इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न सम्पर्क व्यक्ति


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेको छ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा आक्रमण गरेपछि रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि त्यहाँ रहेका नेपालीलाई आवश्यक जानकारी, सहयोग र सहजीकरणको लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो ।

सम्पर्क व्यक्तिमा मन्त्रालयका प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाल, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई परराष्ट्रले सम्पर्क व्यक्ति तोकेको छ।

मन्त्रालयले उनीहरूको सम्पर्क नम्बरसमेत दिएको छ भने इमेलसमेत खुलाएको जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’को आक्रमणमा परी १० जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस