१७७ जना चिकित्सकद्वारा सामूहिक बिदा माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१७७ जना चिकित्सकद्वारा सामूहिक बिदा माग


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक सय ७७ जना चिकित्सकहरूले सामूहिक बिदा मागेका छन् । सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरुहरुले इमेलमार्फत बिदाको निवेदन दिएका हुन् ।

वर्षौँदेखि रोकिएको बढुवा प्रक्रियाका बारेमा प्रतिष्ठानका पदाधिकारीहरूले माग सम्बोधन गर्न नसकेको भन्दै स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउन चिकिस्सकहरुले सामूहिक बिदा मागेका हुन्। नन् मेडिकल कर्मचारीको १५ वर्ष र चिकित्सकहरूको करिब ७ वर्षदेखि रोकिएको उनीहरूको भनाई छ । 

बढुवाका लागि यसअघि भदौ २४ मा प्रतिष्ठानका पदाधिकारी र व्यवस्थापनबिच एक महिनाभित्र बढुवा प्रक्रिया सुरु गर्ने, त्यसको एक महिनामा सबै काम सक्ने र अन्तरवार्ताको नतिजा सिनेटले पास गर्ने भन्ने भए पनि अगाडी बढ्न नसकेपछि आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस