एसियाली खेलकुद : कराँतेमा नेपाललाई रजत पदक पक्का, एरिका पुगिन फाइनलमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एसियाली खेलकुद : कराँतेमा नेपाललाई रजत पदक पक्का, एरिका पुगिन फाइनलमा


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । चीनमा चलिरहेको एसियाली खेलकुदमा नेपालले रजत पदक पक्का गरेको छ ।

 हान्झाउमा भइरहेको खेलमा कराँतेतर्फ नेपाली एरिका गुरुङ ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेसँगै रजत पदक पक्का भएको हो ।

हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । 

उनले होलाई ८–४ को अन्तरमा हराइन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग खेल्नेछिन । 

यसअघि महिला कबड्डी टोली सेमिफाइनलमा पुगेर कास्य पदक जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस