प्रधानमन्त्री ‘प्रचण्ड’ र माधव नेपालबीच सिंहदरवारमा भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ र माधव नेपालबीच सिंहदरवारमा भेटवार्ता


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरवारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा शनिबार भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।

अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको उनले बताए । सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा पनि छलफल भएको छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसदमा सम्बोधन गर्नेबारेमा पनि छलफल भएको जानकारी दिए ।

प्रधानमन्त्रीले नेपालसँग भेट्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस