आज भारत र अफगानिस्तान भिड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज भारत र अफगानिस्तान भिड्दै


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ ।

दुई टोलीबीचको खेल हाङ्झाउस्थित झेजियाङ विश्वविद्यालय एवं टेक्नोलोजी क्रिकेट फिल्डमा दिउँसो पौने १२ बजे शुरु हुनेछ।

शुक्रबार भएको सेमिफाइनलमा भारत बङ्गलादेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो भने अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतसँगको भेट पक्का गरेको हो।

त्यसअघि कास्य पदकका लागि लागि पाकिस्तान र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बिहान पौने ७ बजे सोही मैदानमा हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस