राष्ट्र बैकद्वारा एकीकृत निर्देशन परिमार्जन (पुर्णपाठ) « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राष्ट्र बैकद्वारा एकीकृत निर्देशन परिमार्जन (पुर्णपाठ)


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गरेर धेरै परिमार्जन गरेको छ । प्रधानमन्त्री, अर्थमन्त्री र निजी क्षेत्रको चर्को दबाबपछि राष्ट्र बैंकले निजी क्षेत्रको माग सम्बोधन हुने गरी नै एकीकृत निर्देशन जारी गरेको हो ।

शेयर कर्जाको सीमा १२ करोड हुँदा शेयर बजार माथि उठेन भनेर गभर्नर महाप्रसाद अधिकारीमाथि लगानीकर्ता र अर्थमन्त्रीले दबाब दिँदै आएका थिए । निजी क्षेत्रले पनि राष्ट्र बैंकको कारणले नै देशको अर्थतन्त्र समस्यातर्फ गएको भन्दै आएको थियो ।

निजी क्षेत्र र अर्थ मन्त्रालयको मागअनुसार नै एकीकृत निर्देशन जारी भएर संस्थागततर्फ १२ करोडको शेयर कर्जा २० करोड पुगेको छ । व्यक्तिगततर्फ १५ करोडको सीमा तोकिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र चलायमान बनाउन सबै औजारहरुको प्रयोग गरिरहेका छन् । सरकारले राजस्व वृद्धि गर्न घरजग्गाको कित्ताकाट फुकुवा गरेको थियो । केही दिनअघि मात्रै दैनिक १० केजी सुनको कोटा वृद्धि गरेर २० केजी पुर्‍याइएको थियो ।

राष्ट्र बैंकले काउन्टरसाइकल बफर कायम गर्नुपर्ने व्यवस्था ल्याएको छ । अब २०८०/८१ को अन्त्यसम्ममा सबै बैंक वाणिज्य बैंकहरुले ०.५ प्रतिशत कायम गर्नुपर्नेछ ।

राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचनाका क्षेत्रहरूलाई बढाएको छ । 

पुर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस