भीभीआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी   « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भीभीआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी  


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अति विशिष्ट व्यक्ति (भीभीआईपी) को सुरक्षा व्यवस्था सम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार प्रशासनले परिमार्जन गर्न लागेको कार्यविधि पारित गर्न मन्त्रिपरिषद्‍मा पुगेको छ ।

शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० समापन समारोहमा बोल्दै उनले सो विषयमा जानकारी दिएका हुन् । कार्यविधिमा ‘सवारी’ शब्दलाई ‘भ्रमण’ भन्ने शब्दमा रूपान्तरण गरिएको उनले बताए । उनले अतिविशिष्ठ र विशिष्ट व्यक्तिहरूको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कमभन्दा कम आम नागरिकलाई असर पर्नेगरी भ्रमण गर्नेकुरा कार्यविधिमा व्यवस्थापन गरिएको छ ।

‘‘भीभीआईपी सवारीको प्रसङ्ग उठिरहेको थियो । अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौँ । हाम्रा भीभीआईपीहरुको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई बिस्तारै मिनिमाइज र सुधार गर्दै लगिएको छ । अहिले पछिल्लो चरणमा भीभीआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधिमा परिमार्जन भएर मन्त्रीपरिषद्मा पुगेको छ, ’उनले भने ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले यातायातमा निजी क्षेत्रको मात्रै होडले गर्दा सरकारले सवारीसाधनमा नियन्त्रण गर्न सक्ने अवस्था नरहेको पनि बताए । उनले सार्वजनिक यातायातले रिजर्बमा मानिस बोक्ने परिपाटी बन्द गरी रुटमा सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस