कर सुधारसम्बन्धी उच्चस्तरीय समितिद्वारा काम सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर सुधारसम्बन्धी उच्चस्तरीय समितिद्वारा काम सुरु


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । सरकारले कर सुधारका लागि गठन गरेको उच्चस्तरीय समितिले काम थालेको छ । समितिलाई सरकारले आन्तरिक राजस्व विभाग लाजिम्पाटमा कार्यस्थल तोकेको छ ।

समितिले यसै साताबाट काम सुरु गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

२९ भदौको मन्त्रिपरिषद्को निर्णय अनुसार विद्याधर मल्लिकको अध्यक्षतामा कर प्रणाली सम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन भएको थियो ।

यस्तो समिति गठन गर्ने बारे आव २०८०/८१ को बजेटमै घोषणा गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस