श्रीलंकामा बसमा रुख खस्दा पाँचको मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

श्रीलंकामा बसमा रुख खस्दा पाँचको मृत्यु


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । श्रीलंकामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रीलंकाको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो । दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द गरिएको छ । क्षतिग्रस्त बस र ढलेको रुखलाई सडकबाट हटाउने काम भइरहेकाले सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस