एयरपोर्ट बनाउन किनेको जग्गाको जानकारी दिन यति एयरलाई हर्क साम्पाङको पत्र « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एयरपोर्ट बनाउन किनेको जग्गाको जानकारी दिन यति एयरलाई हर्क साम्पाङको पत्र


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाले यति एयरलाइन्सलाई हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन पत्र लेखेको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले यति इन कर्पोरेट प्रालि लाजिम्पाटलाई पत्र लेख्दै धरान उपमहानगरपालिका वडा नम्बर १७ (साविक घोपा २ ख) का विभिन्न कित्ताका जग्गाहरू हवाई मैदान निर्माणका लागि खरिद गरे पनि अहिलेसम्म उक्त प्रयोजनमा नआएको भन्दै जग्गाको अवस्थाबारे जानकारी गराउन भनेका हुन् ।

‘हालसम्ममा हवाइ मैदान निर्माण सुरु नभएकाले जग्गा फिर्ता दिलाइ पाऊ भन्ने समेत ब्यहोराको सरोकारवालाहरूको यस कार्यालयमा निवेदन पेश हुन आएकोले सो सम्बन्धमा के कसो भएको हो ? जग्गाको हालको अवस्था के कसो छ ? सम्पूर्ण ब्यहोरा खुलाई १५ दिन भित्र सो विषयका प्रमाण सहितको जानकारी पठाई सहयोग गरिदिनु हुन अनुरोध छ’, मेयर राईले लेखेको पत्रमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस