काठमाडौँ । सांसद ऋषिकेश पोखरेलले संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता गर्नुपर्ने माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सरोकारवालाहरूको अध्ययनबाट मात्रै विधेयक ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने,‘शिक्षा क्षेत्र लामो समयदेखि बिरामी छ,यो विधेयकले श्रमलाई सम्मान गर्न सिकाएन,संस्कार संस्कृति सिकाएन।’ उनले यो विधेयकले समाज बदल्न नसक्ने पनि दाबी गरे।
‘यो विधेयकले यो समाज बदल्न आँट गर्न सक्दैन,त्यसैले म सभामुखमार्फत आग्रह गर्दछु,अध्ययन गरेर नयाँ विधेयक ल्याऔँ, सरकारले यो फिर्ता लिओस्,’उनले भने।