संसदमा शिक्षा विधेयक सम्बन्धी छलफल सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसदमा शिक्षा विधेयक सम्बन्धी छलफल सुरु


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । विद्यालय शिक्षा विधेयक संसदमा छलफल सुरु भएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संसदमा शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तुत गरेपछि सैद्धान्तिक छलफल सुरु भएको हो।

लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० गत साउन १६ गते मन्त्रिपरिषद बैठकले संसदमा पेस गर्न स्वीकृत गरेको थियो। तर, तर सदन नपुग्दै विधेयकमा समेटिएका विभिन्न प्रावधान सामाजिक सञ्जालबाट छरपस्ट भएपछि विधेयकको विरोध मात्र भएन विभिन्न आन्दोलन नै सुरु भएको थियो।

सरकार र शिक्षकबीच विभिन्न सहमति भएपछि गत आइतबार शिक्षामन्त्री राईले शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस