प्रधानमन्त्री ‘प्रचण्ड’ आज बझाङ जाँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ आज बझाङ जाँदै


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भूकम्प प्रभावित क्षेत्र बझाङ जाँदैछन् । उनी बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङको चैनपुर जाने भएका हुन् ।

उनले भूकम्पले बढी क्षति पुर्‍याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्‍याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरूमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।

भूकम्पले घरलगायतका भौतिक संरचनामा क्षति पुगेको छ । घर पूरै भत्किएकाहरू अहिले पनि सार्वजनिक स्थान र सामुदायिक घरहरूमा बसिरहेका छन् । घर बाँकी भएकाहरू भने बिस्तारै घरमा फर्किएर दैनिक कामकाजमा संलग्न हुन थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस