राष्ट्रपति पौडेलसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति पौडेलसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्वीटजरल्याण्ड र युरोपेली सङ्घका आवासीय तथा स्विडेन अधिराज्य, हङ्गेरी र चेक गणतन्त्रका गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

नेपालका लागि स्वीटरल्याण्ड र युरोपेली सङ्घका आवासीय राजदूतद्वय क्रमशः डानिली मिउली मोन्टिलोनी र लरेञ्जो भरोनिक, स्विडेन अधिराज्यका गैरआवासीय राजदूत जन थेसलेफ, हङ्गेरीका इस्टभान साबो र चेक गणतन्त्रका एलिस्का जिगोभाले राष्ट्रपतिसमक्ष ओहोदापत्र प्रस्तुत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

Tags :
प्रतिक्रिया दिनुहोस