धर्मगुरु श्रीनिवास रिहा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

धर्मगुरु श्रीनिवास रिहा


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास दुई दिनपछि रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई ५ सय रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो ।

थुनामुक्त भएलगत्तै उनले जानकी मन्दिर पुगेर पूजापाठ गरेका छन् । उनलाई साधुसन्त, महन्तले मन्दिरमा स्वागत गरे ।

असोज १२ गते जनकपुरधाममा गौहत्याविरुद्ध गरिएको विरोध कार्यक्रममा धर्मगुरु आचार्यले विवादित अभिव्यक्ति दिएका थिए । उनलाई मङ्गलवार सुनसरी प्रहरीले पक्राउ गरेको थियो । आचार्य श्रीनिवासले धनुषामा बोलेको हुँदा उनलाई पक्राउ गर्न धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । सुनसरी प्रहरीले उनलाई धनुषा प्रहरीको जिम्मा लगाएपछि जिल्ला प्रशासन कार्यालयमा पेस गर्दा जरिवाना गराएर छाडिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस