कसका विरुद्ध सडकमा जनता उतार्ने ? भन्दै ‘प्रचण्ड’लाई शेखरको प्रश्न  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कसका विरुद्ध सडकमा जनता उतार्ने ? भन्दै ‘प्रचण्ड’लाई शेखरको प्रश्न 


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कसका विरुद्ध जनता सडकमा उतार्छौँ भनेको भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले केही हप्ता अघि समाजवादी मोर्चाको कार्यक्रममा असोजपछि लाखौँ जनता सडकमा उतार्ने अभिव्यक्ति दिएका थिए ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई बिहीबार मायादेवी गाउँपालिका–६ बेथरीमा सम्बोधन गर्दै डा। कोइरालाले देशको प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने भन्ने प्रश्न गरे ।

‘हामी पनि सरकारमा छौँ, प्रचण्ड हाम्रो प्रधानमन्त्री पनि हुनुहुन्छ, अनि कसको विरुद्ध लाखौँ मानिस सडकमा ल्याउने भन्दै हुनुहुन्छ ?’ उनले भने,‘प्रचण्डजीले २०८४ मा माओवादीलाई बहुमत दिए प्रदेशको नामाकरण फेरेर जातीय आधारमा बनाउँछौँ भन्नुभयो, त्यसमा पनि हाम्रो आपत्ति छ ।’

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक भएको र कुनै जातजातिको बाहुल्य नभएकाले जातीय राज्यमा जान नसक्ने स्पष्ट पारे ।

उनले मुलुकमा अराजकताले सीमा नाघेपनि संसदीय व्यवस्थामा प्रधानमन्त्रीले जे भन्यो त्यही हुने भएकाले काँग्रेस ९ मन्त्रालयसहित सरकारमा रहेपनि मूकदर्शक बनेको उनको भनाइ छ ।

नेता कोइरालाले मुलुकको विकासका लागि काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेकोमा जोड दिए । उनले २०८२ मंसिरभित्र काँग्रेसको महाधिवेशन हुने गरी लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस