अख्तियारद्वारा भ्रष्टाचार सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अख्तियारद्वारा भ्रष्टाचार सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी लाभ तथा हानी, सार्वजनिक सम्पत्ति हानी नोक्सानी र घुस–रिसवत लिई भ्रष्टाचार सम्बन्धी मुद्दाको फैसलामाथि आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

सो मुद्दामा सञ्जय कुमार ठाकुरसमेत २८, भोगेन्द्र प्रसाद साहसमेत ४ जना, धर्मराज अधिकारी समेत ८ जना र बाबुराम पाण्डे, प्रविन बस्ती, हसिमान गुरुङ, अनिता गुरुङ, रामनारायण चौधरी प्रतिवादी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस