उपप्रधानमन्त्री खड्का र बेलायती राजदूतबीच शिष्टाचार भेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपप्रधानमन्त्री खड्का र बेलायती राजदूतबीच शिष्टाचार भेट


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका आवासीय राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

रक्षा मन्त्रालयमा बिहीबार भएको भेटका अवसरमा नेपाल र बेलायतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने क्रममा विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उपप्रधानमन्त्री खड्कालाई नवनियुक्त राजदूत फेनलाई स्वागत गर्दै बेलायत र नेपालबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै उनको नेपाल बसाइको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, राजदूत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको बताए । भेटमा रक्षा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस