विवादित धर्मगुरु श्रीनिवास माथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विवादित धर्मगुरु श्रीनिवास माथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा बुधबार मुद्दा दर्ता गरेर जिल्ला अदालत धनुषाबाट बिहीबार तीन दिनको म्याद थप गराएर अनुसन्धान सुरु गरिएको बताएको छ ।

आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पुर्‍याएको थियो । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई घृणा फैलाउने र भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मङ्गलवार पक्राउ गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस