प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक पेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक पेश


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा ‘विद्युत विधेयक, २०८०’ पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गरेका हुन् ।

सो अवसरमा उनले विद्युत् उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए ।

आजको बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार रहेका उनी विसं २०५६ सालमा

नेपाली काँग्रेसको तर्फबाट बर्दिया क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पूर्वसामान्य प्रशासन मन्त्री मायालुको वीर अस्पतालमा फोक्सोको क्यान्सर रोगको उपचारका क्रममा यही असोज ४ गते बिहीबार ७३ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक यही असोज १९ गते बिहान ११ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस