सुन तस्करीमा बुझ्नुपर्ने र अनुसन्धान गर्नुपर्नेलाई वारेन्ट नै काटेर भए पनि ल्याउँछौँ : जाँचबुझ आयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन तस्करीमा बुझ्नुपर्ने र अनुसन्धान गर्नुपर्नेलाई वारेन्ट नै काटेर भए पनि ल्याउँछौँ : जाँचबुझ आयोग


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आफू कोही कसैको दबाब र प्रभावमा नपर्ने प्रष्ट्याएका छन् ।

आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले बुझ्नुपर्ने र अनुसन्धानमा तान्नुपर्ने सबैलाई वारेन्ट काटेरै भए पनि ल्याउने बताए । पूर्वन्यायाधीश आचार्यले आफूले विगतमा न्याय सम्पादनको क्रममा कहीँ कतै नचुकेको जिकिर गरे ।

‘४३ वर्ष न्याय सेवामा काम गरेँ ८ हजारजति फैसला गरेँ इन्टिग्रिटीमा चुकेको छैन । बुझ्नुपर्ने र अनुसन्धानमा तान्नुपर्नेलाई वारेन्ट काटेरै भएपनि ल्याउँछौँ’, उनको भनाइ थियो ।

सुनको अवैध पैठारीमा सीआईबीले अहिलेसम्म गरेका अनुसन्धान, विचाराधीन मुद्दा र जारी अनुसन्धानका कमजोरी रहेछ भने पनि खोज्न आयोगले कार्यादेश पाएको उनले सुनाए ।

‘सीआईबीको अनुसन्धान कमजोरी भए अध्ययन गर्छौँ । अनुसन्धानको क्रममा सुन ल्याइएका ठाउँमा जानुपरे पनि जान्छौँ । तर, कार्ययोजना बनिसकेको छैन’, आचार्यले थपे ।

Tags :
प्रतिक्रिया दिनुहोस