४ करोड रुपैयाँभन्दा बढी हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

४ करोड रुपैयाँभन्दा बढी हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सहकारीमा बचतकर्ताको पैसा हिनामिना गर्ने अध्यक्ष पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंलाई मङ्गलवार पक्राउ गरेको हो ।

चौलागाईंले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेको आरोपमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार चौलागाईंले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस