एमाले लुम्बिनी प्रदेशका नेता माओवादीमा प्रवेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले लुम्बिनी प्रदेशका नेता माओवादीमा प्रवेश


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरू एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरे। हरिजन २०७० सालको संविधासभा सदस्य र यादव एमाले निकट किसान महासंघका केन्द्रीय सदस्य हुन्।

उनीहरूलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए। पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने अध्यक्ष दाहालको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस