२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्वारा इन्जिनियरविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही दाङका इन्जिनियर रानाभाटविरुद्ध तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा बिगो दाबीसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार रानाभाटले सार्वजनिक सेवामा २०४६ साल असार ३० गने देखि २०७९ साल कार्त्तिक ६ गतेसम्मको समग्र आय (आम्दानी) तथा व्यय (खर्च तथा लगानी) मा तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा बराबरको सम्पत्तिको स्रोत खुलेन । 

साथै रानाभाट र उनको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको¸ आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको शेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा गरेको देखिएको र उनको तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा बराबरको सम्पत्ति गैर कानुनी रूपमा आर्जन गरेको अख्तियारका दाबी छ । 

 साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा बिगो कायम गरी रानाभाटविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । 

रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरू खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरूमा रकम मौज्दात लगायतमा गरिएका खर्च लागत मूल्य बराबरको भागको सम्पत्ति बिगो जफत गर्न पनि आयोगले भनेको छ । 

त्यसका लागी रानाभाटकी श्रीमती राधालाई प्रतिवादी कायम गर्ने साथै उनको नाममा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत गरी पाउन मागदावी लिई विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरीको प्रवक्ता दाहालले बताए ।  

प्रतिक्रिया दिनुहोस