उर्जा मन्त्रीको प्रष्टीकरण: संविधान अनुसार नै फागुन १ गते सार्वजनिक बिदा दिइएको हो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उर्जा मन्त्रीको प्रष्टीकरण: संविधान अनुसार नै फागुन १ गते सार्वजनिक बिदा दिइएको हो


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले संविधान र संविधानको भावना र मर्म अनुसार नै फागुन १ गते सार्वजनिक बिदा दिइएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादीले सशस्त्र युद्धको सुरुवात भएको दिनलाई जनयुद्ध दिवसको रूपमा सार्वजनिक बिदा दिइएको भन्दै प्रश्न उठाए ।

एमाले अध्यक्ष ओलीलाई जवाफ दिँदै उर्जामन्त्री बस्नेतले माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको स्मरण संविधानको प्रस्तावनामै गरिएको बताए ।

‘फागुन १ गते बिदा सरकारले घोषणा गरेको चर्चा भइराख्दा मैले हेरेँ हाम्रो संविधानको प्रसवनाको दोस्रो प्यारामा त्यो गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै सहिद बेपत्ता परिवार नागकीलाई सम्मान गर्दै भनेर लेखिएको रहेछ । त्यसको सम्मान किन गरिएको ? स्मरण किन गरिएको भनियो भने त्यो तर्कसङ्गत जस्तो लाग्दैन’ मन्त्री बस्नेतले भने ।

संविधानको सम्मान गर्न सक्दा मात्रै संविधान र संवैधानिक व्यवस्थाको रक्षा हुने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस