नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरूबिचको सिकार बन्ने खतरा : राजेन्द्र लिङ्देन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरूबिचको सिकार बन्ने खतरा : राजेन्द्र लिङ्देन


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाको सिकार बन्नसक्ने खतरा रहेको बताएका छन् ।

राप्रपाले मंगलबार काठमाडौँमा आयोजना गरेको नेपालको ‘परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य’ विषय विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्तिराष्ट्रहरूको प्रतिस्पर्धास्थलमा परिणत भइरहेको बताएका हुन् ।

अध्यक्ष लिङ्देनले अहिले नेपालको परराष्ट्र नीति नरहेको टिप्पणीसमेत गरे । उनले नेपालले देश-देशहरूसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप लगाए । सरकारले छिमेकी देशहरूसँग लिने ऋण सहयोगसमेत कमिसन,व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उनको आरोप छ ।

विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितिमा नेपाल रहेको उनले बताए । ‘अहिले नेपाल शक्तिराष्ट्रहरूको प्रतिस्पर्धास्थानमा परिणत भएको छ । सरकारको कमजोरीको कारण कुनै पनि बेला शक्तिराष्ट्रहरूबीचको प्रतिस्पर्धाको सिकार नेपाल बन्नसक्ने खतरा छ । नेपालले शक्ति राष्ट्रहरू र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारण बनाउन जरुरी छ, ‘उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस