भारतबाट अवैध रूपमा ल्याइएका ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतबाट अवैध रूपमा ल्याइएका ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । भारतबाट अवैध रूपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो ।

भारतबाट अवैध रूपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र बोर्डर आउट पोस्ट (विओपी) गडिगदियाबाट खटिएको टोलीले ७८ पोका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

स्थानीय बासिन्दाका तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कसले राखेको हो भन्ने खुल्न सकेको छैन ।

बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस