राप्रपामा कोशी सरकारबारे निर्णय गर्ने अधिकार लिङ्देनलाई « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राप्रपामा कोशी सरकारबारे निर्णय गर्ने अधिकार लिङ्देनलाई


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कोशी सरकारबारे उपयुक्त समयमा पार्टीका पदाधिकारीहरूसँग परामर्श गरी अध्यक्षले टुङ्ग्याउने निर्णय गरेको हो ।

कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकार छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने बताएको राप्रपा सरकारमा भने गएको छैन । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

यदि उनले विश्वासको मत पाएनन् भने संविधानको धारा १६८ (५) अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार बनाउने बाटो खुल्ने छ ।

राप्रपाले मंसिर ९, १० र ११ मा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ भने महामन्त्री डा. धवलशम्शेर जबराले पेश गरेको आन्दोलनको कार्ययोजनालाई अन्तिम रूप दिन कार्यदल बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस