कर्णालीमा गुलाबजंग शाहको जित सुनिश्चित « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

कर्णालीमा गुलाबजंग शाहको जित सुनिश्चित


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहको जित सुनिश्चित भएको छ ।

५०० मतको परिणाम आउँदा शाहले ३१० मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले १६४ मत मात्रै पाएका छन् ।

१०९ मत गन्न बाँकी रहँदै शाहको मतान्तर १६४ भएकाले जित सुनिश्चित भएको हो । अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत मात्रै पाएका छन् ।

अन्य पदमा पनि शाहकै प्यानलको अग्रता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस