अख्तियारले विस्तृत अनुसन्धान गरेका ६५६ फाइल तामेलीमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अख्तियारले विस्तृत अनुसन्धान गरेका ६५६ फाइल तामेलीमा


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा विस्तृत अनुसन्धान गरेका ६ सय ५६ वटा उजुरी तामेलीमा राखेको छ ।

अख्तियारले राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार आव २०७९/०८० मा २० हजार ९०५ वटा उजुरी आएका थिए । अघिल्लो वर्षबाट सरेको ७ हजार १६२ उजुरी पनि थियो ।

एक वर्षमा १८ हजार ७ सय ७९ वटा उजुरीको प्रारम्भिक छानबिन गरिएको अख्तियारले जनाएको छ । जसमध्ये ११३३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरी उपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको अख्तियारको भनाई छ ।

अख्तियारका अनुसार विस्तृत अनुसन्धान भएका उजुरीमध्ये पनि ८७८ वटा तामेलीमा राखिएको छ । १६२ वटामा उजुरीमा मुद्धा दायर भएको छ भने ६३ वटा सम्बद्ध निकायलाई सुझाव दिइएको, २३ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस