२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्वारा भ्रष्ट्राचार मुद्दा दायरपछि सचिव मधु मरासिनीको ८ बुँदे प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधु कुमार मरासिनीले अक्तियारद्वारा जारी भ्रष्टाचार मुद्दामा  ८ बुँदे प्रष्टीकरण दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सहसचिव मरासिनीसहित ९ जनाविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेसँगै मरासिनीले प्रेस नोट जारी गर्दै आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएका हुन् ।

सम्बन्धित समाचार : सचिव मधु मरासिनी र टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित मन्त्रालयका सचिव र अख्तियार प्राप्त अधिकारीहरूलाई उन्मुक्ति दिएर बजेट महाशाखा सम्हालेका मरासिनीमाथि मात्रै मुद्दा चलाइएको भन्दै कर्मचारीहरूमा संशय पैदा भई रहँदा वाणिज्य सचिव मरासिनीले आफ्नो भनाई सार्वजनिक गरेका हुन् । 

‘बजेट अर्थ राजनीतिक डकुमेन्ट भएको९सारा राजनीतिक कार्यकर्ता देखि माननीयहरू मन्त्री , संवैधानिक निकाय मन्त्रालयको घुइँचो० दबाब सबै सहेर बजेटको टीमले बजेट अनुमान तयार गर्छ । बजेट शाखामा बस्ने कर्मचारीलाई मात्र किन लेखिस् वा इन्ट्री गरिस् भन्नु त बिलकुलै अन्यायपूर्ण हुन्छ’, मरासिनीले भनेका छन् ।

नोट 

1.बजेट सिलिङ माघ महिनामै मन्त्रालयहरूमा जाने! त्यसमा सामान्यतया अनिवार्य दायित्व र निरन्तर रहेका आयोजनाहरूमा मात्र बजेट रहन्छ! त्यही रकम मन्त्रालय हरूले LMBIS मा प्रस्तुत गर्छन्! NPG लाई  नीति कार्यक्रममा राखिदिन शिक्षा मन्त्रालयमा चैत्र २० मा मात्रै पत्राचार भएको छ ! माघमा गएको सिलिङ भित्र यो न पर्ने र मन्त्रालयबाट LMBIS Entry नहुने स्वभाविक छ! 

2.बजेट वक्तव्य को बुँदा नं १८३ मा परेको यो कार्यक्रमका लागि रातो किताबमा विनियोजन प्रस्ताव भएको छ! यसर्थ सचिवको नेतृत्व मा लेखिने बजेट टिममा छलफल भएरै विनियोजन प्रस्ताव भएको देखिन्छ! र यो बजेट निर्माणको नितान्त स्वाभाविक प्रक्रिया हो! 

3.किन २५ करोड भन्ने केवल विनियोजन अनुमान मात्र हो! पछि सम्बन्धित मन्त्रालय/ निकायले लागत अनुमान स्वीकृत गराई सार्वजनिक खरिद कानुन अनुसार कार्यान्वयन गर्ने हुन्!  कहिलेकाहीँ यो अनुमान नपुग हुँदा अर्थ मन्त्रालय मा थप बजेट माग हुन्छ र मात्र कार्यान्वयन हुन्छ! कतिपय बेला कम मात्र खर्च भएर बजेट फ्रिज हुन्छ! पूजीगत खर्च ६०% हाराहारी खर्च भई रहेको हुन्छ !

4.अर्थले बजेट अख्तियारी दिँदा नै चैत्र मसान्त भित्र कार्यान्वयन प्रक्रियामा नगए सो बजेट फिर्ता ( Sureender ) गर्नु पर्छ! अर्थ मन्त्रालयले नमागी बजेट राख्यो अनि मैले खर्च गरे भन्नु हास्यास्पद हुन्छ! 

5.जेठ १५ मा आउने विनियोजन बिधयक मंन्त्रीपरिषदबाट पास भएर संसदमा आय र व्ययको अनुमान भनेर अर्थ मन्त्रीले संसदमा प्रस्तुत गर्छन्! संसद्ले पास गरेपछि मात्र विनियोजन विधेयक ऐन बन्छ! 

6.अर्थ मन्त्रालय ले विनियोजन बिधयक तयार गर्ने सम्म हो ! त्यो पनि अनुमानको रूपमा मात्र! अरू कानुन सरह दफावार छलफल भए र संसद्ले पास गर्छ र बल्ल कानुन सरह बनेर कार्यान्वयनमा जाने हो! हाम्रो काम यो बिधयक अनुमान तयार गर्ने मात्र हो ! 

7.बजेट अर्थ राजनीतिक डकुमेन्ट भएको- सारा राजनीतिक कार्यकर्ता देखि माननीय हरू मन्त्री , सेबैधानिक निकाय मन्त्रालयको घुइँचो- दबाब सबै सहेर बजेटको टिमले बजेट अनुमान तयार गर्छ! बजेट शाखामा बस्ने कर्मचारीलाई मात्र किन लेखिस् वा entry गरिस् भन्नु त बिलकुलै अन्यायपूर्ण हुन्छ !

8.खरिद प्रक्रिया लई तयारी टेन्डर आदि प्रक्रिया सबै सम्बन्धित निकायले गर्ने हो ! यसमा अर्थ मन्त्रालयको कुनै भूमिका नै रहन्न! सार्वजनिक खरिद ऐन बमोजिम वित्तीय उत्तरदायी अधिकृत सम्बन्धित मन्त्रालयको सचिव नै हो !

प्रतिक्रिया दिनुहोस